ट्रेण्डिङ

होमपेज / अर्थ

सुनकाे मूल्यमा चार सय रुपैयाँ घट्यो

नेपालगाथा २०८१ जेठ ३२ गते शुक्रबार १३:०६:०३ मा प्रकाशित

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ तोलमा ४ सय रुपैयाँले घटेको छ ।

हिजो बिहीबार तोलाको १ लाख ४१ हजार ६ सयमा कारोबार भएको छापावाल सुन आज शुक्रबार घटेर १ लाख ४१ हजार २ सयमा किनबेच भइरहेको छ ।

त्यस्तै तेजाबी सुन तोलाको १ लाख ४० हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार चाँदी तोलाको १ हजार ८ सयमा कारोबार भइरहेको छ । बिहीबार तोलाको १ हजार ८ सय १० रुपैयाँ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top