ट्रेण्डिङ

होमपेज / अर्थ

आज प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्री पुनले जवाफ दिने

नेपालगाथा २०८१ जेठ २३ गते बुधबार १२:१२:३१ मा प्रकाशित

काठमाडौँ । अर्थमन्त्री पुनले आजकाे प्रतिनिधिसभाकाे  बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् ।

संसद्‌मा पेश भएको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथिको सामान्य छलफल सकिँदैछ ।

११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा बोल्न बाँकी सांसदले बोलिसकेपछि सांसदहरूले बजेट वक्तव्यमाथि उठाएका प्रश्नको जवाफ अर्थमन्त्री पुनले दिने कार्यक्रम तय भएको छ ।

संसद् सचिवालयको कार्यसूचीअनुसार अर्थमन्त्रीले जवाफ दिएपछि विनियोजन विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । त्यसपछि बजेटमाथिको मन्त्रालयगत छलफल सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top