होमपेज / अर्थ
काठमाडौं । आज सुनको मूल्य घटेको छ । सोमबार छापावाल सुन प्रतितोला १ हजारले घटेर १ लाख ४१ हजार रुपैयाँ कायम भएको छ । भने तेजाबी सुन १ लाख ४० हजार ३ सय रुपैयाँ कायम भएकाे नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ। आज तोलामा १५ रुपैयाँले घटेर चाँदी १८ सय ३५ रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।