होमपेज / अर्थ
काठमाडौं । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएकाे छ । आज छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएको छ । भने तेजाबी सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले नै बढेर १ लाख ४१ हजार ५ सय रुपैयाँमा कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्यमा शुक्रबार १ हजार ७ सय रुपैयाँले वृद्धि बढेर भएको हाे ।
यस्तै आज चाँदीको मूल्य आज तोलामा २५ रुपैयाँले घटेर १ हजार ८ सय ७५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो ।