ट्रेण्डिङ

होमपेज / अर्थ

देशभित्रै अवसरको खोजी गर्ने, युवाको निराशा हटाउने प्रयास गरेका छौं - अर्थमन्त्री पुन

नेपालगाथा २०८१ जेठ १६ गते बुधबार १४:२१:०६ मा प्रकाशित

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले देशभित्रै अवसरको खोजी गर्ने र युवाको निराशा हटाउने प्रयास गरेका बताएका छन् ।

आज पोस्ट बजेट अन्तर्क्रियामा बाेल्दै अर्थमन्त्री पुनले देशभित्रै अवसरको खोजी गर्ने, युवाको निराशा हटाउने प्रयास गरेका छौं । अर्थतन्त्रको संरचनामा सुधार ल्याउने कोसिस गरेका छौं । हाम्रो कोसिस नयाँ चरणको सुधारको प्रयास हो ।

‘बजेट सार्वजनिक हुनु अगाडि विभिन्न कारण दबाबमा थियौं, आज रिल्याक्स मुडमा छौं । प्रतिक्रिया पनि सन्तुलित नै आएको छ, जसले गर्दा हामी खुसी छौं, मन्त्री पुनले भने,  हतपतमा केही मान्छेको कुरा सुनेर करका दर परिवर्तन गरिएको छैन । केही इरर हुन सक्छ । सरकारका तर्फबाट सक्नेजति राम्रो गर्ने प्रयास गरेका छौं ।’

अर्थमन्त्री पुनले जुन प्रदेशको विशेषता छ, सोही क्षेत्रका उत्पादनको हब बनाउने प्रयास गरिएको । त्यहाँ अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी केन्द्रित हुनेछ । अध्ययन, तालिम त्यहाँ केन्द्रित हुनेछन् । साथै, स्थानीय तहका हरेक पालिकाका केन्द्रलाई आर्थिक केन्द्रका रूपमा विकास गर्न खोजिएको छ । रोजगारी अब स्थानीय तहमै सिर्जना हुनुपर्छ भन्ने कोसिस गरिएको छ ।

बजेटले आम जनतामा आशा जगाउने प्रयास गरिएको भन्दै अर्थमन्त्री पुनले युवामा देशभित्र अवसर खोज्ने प्रयास गरिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top