होमपेज / अर्थ
काठमाडौँ । सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य ३ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलाकाे १ लाख ३७ हजार २ सय रुपैयाँ कायम भएकाे छ । भने तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
हिजाे सुनकाे तोलामा १ लाख ३६ हजार ९ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार २ सय ५० रुपैयाँमा किनबेच भएकाे थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको तोलामा २५ रुपैयाँले बढेर तोलामा १८ सय ८० रुपैयाँमा कायम भएकाे महासंघले जनाएको छ ।