होमपेज / अर्थ
काठमाडौं । सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य १८ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार ७ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ५० रुपैयाँमा कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन तोलामा १ लाख ४० हजार ५ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ८ सय रुपैयाँ थियो ।
त्यसैगरी आज चाँदीको तोलामा ३५ रुपैयाँले घटेर तोलामा १८ सय ६५ रुपैयाँमा कायम भएकाे महासंघले जनाएको छ ।