होमपेज / अर्थ
काठमाडौं । सरकारले मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । आज प्रधानमन्त्रीसहित मन्त्रिपरिषदका सबै सदस्यको सम्पत्ति विवरण सार्वजनिक भएको हाे ।
सार्वजनिक सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री प्रचण्डकाे ५ तोला सुन रहेको छ। जसलाई पैतृक स्रोतबाट प्राप्त गरेको उल्लेख छ । प्रतिनिधि सभा सदस्यको हैसियतमा पाएको २५ लाख रुपैयाँ एभरेस्ट बैंक लिमिटेडमा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।
यसैगरी जग्गा १५ कट्ठा भएको उल्लेख गरिएको छ। चितवनको भरतपुर महानगरपालिकामा वडा नम्बर १४ मा १४ कट्ठा जमिनमा पार्किङसहितको घर र वडा नम्बर १२ मा एक कट्ठा जग्गा रहेको उल्लेख छ । दुवै घरजग्गा पत्नी सिता दाहालको नाममा रहेको विवरणमा उल्लेख सार्वजनिक सम्पत्ति विवरण गरिएको छ ।