होमपेज / अर्थ
काठमाडौं । सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्यमा आज फेरि नयाँ रेकर्ड कायम भएकाे छ । आज सुनको मूल्य १६ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ९ सय कायम भएकाे छ भने तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यसअघि सुन तोलामा १ लाख ३९ हजार ३ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ६ सय ५० रुपैयाँ कायम भएकाे थियो ।
आज चाँदीको मूल्य तोलामा १ हजार १० रुपैयाँले बढेर तोलामा १९ सय १० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।