ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

नेपालगाथा २०८१ जेठ ३ गते बिहीबार १२:००:५३ मा प्रकाशित

काठमाडौं । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएकाे छ । आज सुनकाे प्रतितोला १६ सय रुपैयाँले बढेर एक लाख ४० हजार रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यसअघि बुधबार सुनको मूल्य १ लाख ३८ हजार ४ सयमा किनबेच भएकाे थियाे । 

यस्तै चाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएकाे छ । बिहीबार प्रतितोला ६० रुपैयाँ बढेर चाँदीको मूल्य १ हजार ८०५ रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ । हिजो बुधबार चाँदीको १ हजार ७ सय ४५ रुपैयाँमा किनबेच भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top