होमपेज / अर्थ
काठमाडौं । सुनको मूल्य घटेको छ । सुनको मूल्य ७ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार ४ सय रुपैयाँ कायम भएकाे छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार ७ सय ५० रुपैयाँमा कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सोमबार छापावाल सुनको तोलामा १ लाख ३८ हजार १ सय रुपैयाँमा किनबेच भएकाे थियाे । तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ४५० रुपैयाँमा किनबेच भएकाे थियाे ।
आज चाँदीको मूल्य बढेको छ । २५ रुपैयाँले बढेर तोलामा १७ सय ४० रुपैयाँमा किनबेच भएकाे महासंघले जनाएको छ ।