होमपेज / अर्थ
काठमाडौं । सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढेर १ लाख ३७ हजार ९ सयरुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार २ सय ५० रुपैयाँमा कायम भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
विहिबार छापावाल सुनको एक लाख ३५ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३४ हजार ९ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।
त्यसैगरी आज चाँदीको मुल्य तोलामा ५० रुपैयाँले बढेर प्रतितोला १७ सय ३५ रुपैयाँमा कारोबार किनबेच भएकाे महासंघले जनाएकाे छ ।