होमपेज / अर्थ
काठमाडौं । आज सुनको मुल्य घटेको छ । छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर १ लाख ३४ हजार ४ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ७ सय ५० रुपैयाँ कायम भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सोमबार छापावाल सुन तोलाको एक लाख ३५ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३४ हजार ९ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।
यता आज चाँदीको मुल्य १५ रुपैयाँले बढेर प्रतितोला १६ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ ।