ट्रेण्डिङ

होमपेज / अर्थ

बढ्यो सुनको मूल्य

नेपालगाथा २०८१ बैशाख २४ गते सोमबार ११:३४:१४ मा प्रकाशित

काठमाडौं ।  सुनकाे मूल्य बढेको छ । आज छापावाल सुनको मुल्य तोलामा २ सय रुपैयाँले बढेर १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आइतबार छापावाल सुन तोलाको एक लाख ३५ हजार ४ सय रुपैयाँ  किनबेच भएको थियो भने तेजावी सुन तोलाको १ लाख ३४ हजार ७ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।

त्यसैगरी आज चाँदीको मुल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १६ सय ६० रुपैयाँमा कायम भएको महासंघले जनाएकाे छ । आइतबार तोला १ हजार ६ सय ४०रुपैयाँमा किनबेच भएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top