ट्रेण्डिङ

होमपेज / अर्थ

सरकारले एक सय रुपैयाँको नोटमा नेपालको नक्साको राख्ने

नेपालगाथा २०८१ बैशाख २१ गते शुक्रबार १६:३५:५२ मा प्रकाशित

काठमाडौँ । सरकारले सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्साको तस्बिर राख्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले  सय रुपैयाँको पुरानो नक्सा परिवर्तन गरेर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी  दिइन् ।

अर्थ मन्त्रालयले सय रुपैयाँको नोटमा रहेको तस्बिर परिवर्तन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो ।

सरकारले २०७७ जेठ ७ गते लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ सार्वजनिक गरेको थियो । 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top