होमपेज / अर्थ
काठमाडौं । सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मुल्य तोलाकाे ११ सय रुपैयाँले घटेर १ लाख ३५ हजार ४ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ७ सय ५० रुपैयाँमा कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघ जनएकाे छ ।
बिहीबार छापावाल सुन तोलाको एक लाख ३६ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो । तेजावी सुन तोलाको एक लाख ३५ हजार ८ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएकाे छ ।