ट्रेण्डिङ

होमपेज / अर्थ

सुनचाँदीको मूल्य बढ्यो

नेपालगाथा २०८१ बैशाख २० गते बिहीबार १५:१३:२९ मा प्रकाशित

काठमाडौं ।  सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा २ हजारले बढेर १ लाख ३६ हजार ५ सय रुपैयाँमा किनबेच भएको छ।

तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ८ सय ५० रुपैयाँमा किनबेच भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

छापावाल सुनकाे बुधबार तोलाको एक लाख ३४ हजार ५ सय रुपैयाँमा कायम भएको थियो भने तेजावी सुन तोलाको १ लाख ३३ हजार ८ सय ५० मा कायम भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १६ सय ४५ रुपैयाँमा किनबेच भएको महासंघले जनाएकाे छ ।  बुधबार चाँदी तोलाको १६ सय ३० रुपैयाँले कायम भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top