ट्रेण्डिङ

होमपेज / अर्थ

 सुनको मूल्य २७ सय रुपैयाँ घट्यो

नेपालगाथा २०८१ बैशाख १९ गते बुधबार ११:३७:५७ मा प्रकाशित

काठमाडौं । सुनको मूल्य तोलामा २७ सय घटेको छ । आज सुनको रुपैयाँ प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा कायम भएकाे छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २७ सयले घटेर १ लाख ३४ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३३ हजार ८ सय ५० रुपैयाँमा कायम भएको छ ।

अघिल्लो दिन मंगलबार छापावाल सुन तोलाको एक लाख ३७ हजार २ सय  रुपैयाँमा किनबेच भएको थियो

तेजावी सुन तोलाको एक लाख ३६ हजार ५ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।

 आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला १६ सय ३० रुपैयाँमा किनबेच भएको छ । मंगलबार चाँदी तोलाको १६ सय ५० रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top