ट्रेण्डिङ

होमपेज / अर्थ

आजबाट लगानी सम्मेलन सुरू

नेपालगाथा २०८१ बैशाख १६ गते आइतबार ११:३०:४६ मा प्रकाशित

काठमाडौं। काठमाडौंमा आजबाट तेस्रो लगानी सम्मेलन शुरु भएको छ ।  सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।

 यो सम्मेलन लगानीकर्ताका लागि महत्वपूर्ण अवसर रहेको अर्थमन्त्री वर्षमान पुनले बताए । यस सम्मेलनमा विभिन्न चरणमा रहेका धेरै परियोजनाहरु शोकेसमा राखिएको उनले बताए ।

 लगानी सम्मेलनकाे पहिलो दिन दुईवटा विशेष सत्र सञ्चालन हुनेछ । नेपालमा लगानी अवसरको खोजी र नेपालमा लगानी भएका आयोजनाको सफलता’सम्बन्धी दुईवटा सत्र पहिलो दिन राखिएको छ। दोस्रो दिन तीनवटा समानान्तर सत्र र हरेक सत्रमा तीनवटा समूहगत छलफल हुने बोर्डको कार्यालयले जनाएको छ ।

त्यस्तै, दोस्रो सत्रमा हरित वित्त तथा दिगो लगानी, पर्यटन क्षेत्रमा लगानी, र नेपालको निर्यात प्रवर्द्धनका लागि कृषि प्रशोधनमा आधारित आपूर्ति शृङ्खलाबारे छलफल हुनेछ । तेस्रो सत्रमा उत्पादन क्षेत्र नवप्रवर्तन विकास, लगानी तथा व्यवसायिक सहजीकरण र सूचना प्रविधि क्षेत्रबारे छलफल गरिने जनाइएको छ।

विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनमा सहभागी भएका छन् । सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागिी भएका छन् ।

त्यसैगरी, चीनका २ सय ६५, भारतका १ सय ४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३ र जर्मनीका १० जना सहभागी छन् ।

दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका ९/९ जना सम्मेलनमा सहभागी हुन लागेका लगानी बोर्डले जनाएको छ ।

पाकिस्तानबाट आठ, सिङ्गापुरबाट ६, कतार र घानाबाट पाँच/पाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट ४/४ जनाको सहभागिता रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top