होमपेज / अर्थ
ठमाडौं । लगातार उकालो लागेको सुनको मूल्य मूल्य घटेको छ । आज छापावाल सुनको मुल्य तोलामा ११ सयले घटेर १ लाख ३८ हजार २ सय रुपैयाँ कायम भएकाे छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ५ सय ५० रुपैयाँमा कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ।
यसअघि आइतबार छापावाल सुन तोलाको एक लाख ३९ हजार ३ सयमा किनबेच भएको थियो । तेजावी सुन तोलाको एक लाख ३८ हजार ६ सय ५० रुपैयाँमा किनबेच भएको थियो।
त्यसैगरी आज चाँदीको मुल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १७ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ । यस अघि आइतबार चाँदी तोलाको १७ सय ४० रुपैयाँमा किनबेच भएको थियो ।