ट्रेण्डिङ

होमपेज / अर्थ

बिहीबार घटेको सुनको मुल्य शुक्रबार फेरि बढ्याे

नेपालगाथा २०८१ बैशाख ७ गते शुक्रबार ११:४७:५१ मा प्रकाशित

 काठमाडौं । बिहीबार घटेको सुनको मुल्य शुक्रबार बढेको छ । आज सुन प्रतितोला प्रतितोला ७ सय रूपैयाँ बढेर एक लाख ३९ हजार तीन सय रूपैयाँ कायम भएकाे छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार ३ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार छ सय ५० रूपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ६ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेर प्रतितोला एक हजार सात सय २० रूपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top