ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य बढ्यो

नेपालगाथा २०८१ बैशाख ४ गते मंगलबार १४:५०:३० मा प्रकाशित

काठमाडौं । सुन मूल्य बढेको छ । आज छापावाल सुन तोलामा १ हजार ७ सय रुपैयाँले बढेर १ लाख ३९ हजार २ सय कायम भएको छ ।

तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५ सय ५० रुपैयाँ कायम भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँ काराेबार भएको थियो । तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी आज चाँदीको मुल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १७ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top