होमपेज / अर्थ
काठमाडौं । सुन मूल्य बढेको छ । आज छापावाल सुन तोलामा ७ सय रुपैयाँले बढेर १ लाख ३७ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजाे प्रतितोला २२ सय रुपैयाँले घटेकाे सुनकाे मूल्य आज फेरि बढेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ कायम भएको थियो । तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार १ सय ५० रुपैयाँमा कायम भएको थियो ।
त्यसैगरी आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १७ सय १५ रुपैयाँ कायम भएकाे महासंघले जनाएकाे छ । आज सुनको मूल्य एक लाख ३६ हजार ८ सय कायम भएकाे छ ।