होमपेज / अर्थ
काठमाडौं । लगातार उकालो लागेर रेकर्ड कायम बनाएकाे सुनको मूल्य घट्एकाे छ । आज सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेर एक लाख ३६ हजार ८ सय कायम भएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार ८ सय कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला शुक्रबार प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा किनबेच भएको थियो ।
तेजाबी सुन पनि तोलामा २२ सय रुपैयाँ घटेर आजका एक लाख ३५ हजार १ सय ५० कायम भएको छ ।
महासङ्घका अनुसार चाँदीको मूल्य आज प्रतितोला एक हजार ७ सय कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ७ सय ५० रुपैयाँ कायम भएको थियो ।