ट्रेण्डिङ

होमपेज / अर्थ

सुन मूल्य बढ्यो नयाँ रेकर्ड कायम

नेपालगाथा २०८० चैत्र ३० गते शुक्रबार १४:२८:५७ मा प्रकाशित

काठमाडौँ । सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले बढेर छापावाल सुन १ लाख ३९ हजार रुपैयाँ कायम भएकाे छ । यस्तै  तेजावी सुन तोलाको १ लाख ३८ हजार ३ सय ५० रुपैयाँ कायम रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

बिहीबार छापावाल सुन तोलाको १ लाख ३६ हजार ६ सय रुपैयाँले र तेजावी सुन तोलामा १ लाख ३५ हजार ९ सय ५० रुपैयाँमा कायम रहेको थियो ।

चाँदीको मूल्य तोलाकाे ५० रूपैयाँले बढेर   १ हजार ७ सय ५० रुपैयाँ कायम रहेको छ । बिहीबार १ हजार ७ सय रुपैयाँ कायम रहेको थियो । 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top