ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्यमा नयाँ रेकर्ड

नेपालगाथा २०८० चैत्र २८ गते बुधबार १२:४४:०६ मा प्रकाशित

काठमाडौँ । सुनको मूल्य प्रतितोलाकाे पाँच सयले बढेर छापावाल सुन आज एक लाख ३६ हजार आठ सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलबार (हिजाे) प्रतितोला रु एक लाख ३६ हजार तीन सयमा कारोबार भएको छापावाल सुन बुधबार एक लाख ३६ हजार आठ सयमा किनबेच भएको छ  । 

 तेजावी सुनकाे सोमबार प्रतितोला १ लाख ३५ हजार छ सय ५० मा किनबेच भएको थियाे । आज भने १ लाख ३६ हजार १ सय ५०  रुपैयाँमा  किनबेच भएको छ । 

यस्तै चाँदीको मूल्यमा  मङ्गलबार तुलनामा चाँदीको मूल्य तोलामा रु १५ ले बढेर एक हजार  सात सय कायम भएको महासंघले जनाएकाे छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top