ट्रेण्डिङ

होमपेज / अर्थ

नेपाल ‘ए’आयरल्याण्ड ‘ए’सँग पराजित

नेपालगाथा २०८० चैत्र २३ गते शुक्रबार १४:५०:४३ मा प्रकाशित

काठमाडौं । एकदिवसीय क्रिकेट खेलमा नेपाल ‘ए’ आयरल्याण्ड एसँग पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा नेपाल ‘ए’ले आज आयरल्यान्ड ‘ए’सँग ११४ रनले पराजित भएको हाे ।

आयरल्याण्ड ‘ए’ले दिएको १७५ रनको लक्ष्य पच्छ्याएको नेपाल ‘ए’ १६.५ ओभरमा अलआउट हुँदा ६० रन बनाएकाे थियाे । यसअघि टस हारेर पहिले ब्याटिङको गरेकाेको आयरल्याण्ड ‘ए’ले ३८.४ ओभरमा अलआउट हुँदै १ सय ७४ रन बनायाे ।

गानिभ होयले अर्धशतकीय पारी खेले। उनले ५९ बल खेल्ने क्रममा दुई छक्का र पाँच चौकाको सहयोगमा ५० रन लिए।

कप्तान निल रकले ३८ बलमा ३ छक्का र ३ चौकाको मद्दतमा ४५ रन लिए । लियाम मकार्थीले ३५ रन लिए भने पिटर मुरले १७ रन लिए । 

नेपाल ‘ए’ का लागि रिजन ढकाल र सहाब आलमले ३ / ३ विकेट लिए । मौसम ढकालले २ र कमल ऐरीले १ विकेट लिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top