ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य १५ सय रुपैयाँले बढ्यो 

नेपालगाथा २०८० फाल्गुण २४ गते बिहीबार १२:२०:५० मा प्रकाशित

काठमाडौं । सुनको मूल्य १५ सयले रुपैयाँले बढेकाे छ । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य हालसम्मकै  धेरै १ लाख २५ हजार कायम भएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको सूची अनुसार छापावाला सुनको मूल्य १ लाख २५ हजार कायम रहेकाे सुचना उल्लेख गरिएकाे छ ।

अघिल्लाे दिन छापावाला सुन प्रतितोला १ लाख २३ हजार ५ सयमा कायम भएको थियो । आज प्रतितोला १५ सय रुपैयाँले बढेकाे हो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २४ हजार ४ सय रहेकाे भएको छ । चाँदीको मूल्य  प्रतितोला पाँचले घटेर एक हजार चार सय ७० कायम भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top