होमपेज / अर्थ
काठमाडौं। बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ निर्धारण भएको छ।
सोमबार सुन सोही मूल्यमा खरिदबिक्री भएको थियो। यसअघि ३ दिन देखी सुनको मूल्य क्रमशः ६००, ५०० र ४०० रुपैयाँले बढेको थियो ।
मंगलबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय १० रुपैयाँ कायमरहेको हाे । सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भइरहेको छ ।