होमपेज / अर्थ
काठमाडौँ । आज सुनको मूल्य स्थिर रहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य स्थिर रहेको जनाएको हो । आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ । हिजो आइतबार पनि यही मूल्यमा सुन कारोबार भएको महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम भएको जनाएको छ । हिजो आइतबार यसको मूल्य तोलामा १३ सय ८५ रुपैयाँ कायम थियो ।