ट्रेण्डिङ

होमपेज / अर्थ

३ सयले घट्यो सुनको मूल्य

नेपालगाथा २०८० जेठ ४ गते बिहीबार ११:२२:०० मा प्रकाशित

काठमाडौं ।  बिहीबार सुनको भाउ घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ३ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन (बुधबार) कारोबार प्रतितोला सुन १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो। सो दिन ११ सय रुपैयाँले घटेको थियो। आज तेजाबी सुन १ लाख ९ हजार २०० रुपैयाँ कायम भएको छ।

सुनको मूल्य घटेपनि चाँदी भने स्थिर छ। आज प्रतितोला चाँदी १३७० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top