होमपेज / अर्थ
काठमाडौं । सुनको मूल्य आज तीन सय रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तीन सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख १० हजार ९०० पुगेको छ।
तेजाबी सुन १ लाख १० हजार ३५० कायम भएको छ। अघिल्लो कारोबार दिन आइतबार प्रतितोला सुन १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।