ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य १ हजार २०० ले घट्यो

नेपालगाथा २०८० बैशाख २४ गते आइतबार ११:५१:४९ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य १ हजार २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १ लाख १० हजार ६०० रुपैयाँ कायम भएको छ ।

यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५० रुपैयाँ कायम गरिएको छ । गत बिहीबार हालसम्मकै उच्च १ लाख ११ हजार आठ रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै आइतबार चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार चाँदी तोलामा १ हजार ४४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यसअघि पनि चाँदीको खरिदबिक्री सोही मूल्यमा भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top