ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको भाउ २ सय रुपैयाँले बढ्यो

नेपालगाथा २०८० बैशाख १३ गते बुधबार ११:२४:१५ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा आज (बुधबार)सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर एक लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन उक्त सुन तोलाको एक लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन आज तोलामा एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ घटेको छ । तोलामा एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top