ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य घट्यो

नेपालगाथा २०८० बैशाख १० गते आइतबार ११:५८:४८ मा प्रकाशित

काठमाडौं । आज सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन ९ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ३०० कायम भएको हो।

अघिल्लो साताको अन्तिम दिन शुक्रबार प्रतितोला सुन  १ लाख १० हजार २०० रुपैयाँमा कारोबार भएको  थियो। यसदिन तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ कायम भएको छ।

सुनको मूल्य घटेसँगै चाँदी पनि ५ रुपैयाँ घटेको छ। चाँदी प्रतितोला १४४० रुपैयाँमा कारोबार भइरहेको महासंघले  जनाएको छ। अघिल्लो साताको अन्तिम दिन शुक्रबार प्रतितोला चाँदी १४४५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top