ट्रेण्डिङ

होमपेज / अर्थ

५०० रुपैयाँले सुनको मूल्य बढ्यो

नेपालगाथा २०७९ चैत्र २८ गते मंगलबार १२:५३:३२ मा प्रकाशित

काठमाडौँ । मंगलबार सुन तोलाको ५०० रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ७०० रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको भाउ पनि बढेको छ । मंगलबार चाँदी ५ रुपैयाँले बढेर तोलाको १४ सय ३५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी तोलाको १४ सय ३० मा खरिदबिक्री भएको थियो ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top