ट्रेण्डिङ

होमपेज / अर्थ

दुई सयले घट्यो सुनको मूल्य

नेपालगाथा २०७९ चैत्र २४ गते शुक्रबार ११:१५:०९ मा प्रकाशित

काठमाडौं । सुनको भाउ आज दुई सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन दुई सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार कायम भएको छ।

तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँ तोकिएको छ। अघिल्लो कारोबार दिन बिहीबार सुन ८ सय रुपैयाँले  घटेर प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

आज सुनको मूल्य घटेपनि चाँदीको भाउ बढेको छ। चाँदी ५ रुपैयाँले बढेर तोलाको १४४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।विहीबार प्रतितोला चाँदी १४३५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top