ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य बढ्याे

नेपालगाथा २०७९ चैत्र २१ गते मंगलबार ११:२५:३८ मा प्रकाशित

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ पुनः एक लाख ९ हजार रुपैयाँको विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा एक हजार रुपैयाँले बढ्दै एक लाख ९ हजार रुपैयाँ पुगेको हो ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला एक लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै बढ्दै एक लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा १० रुपैयाँले बढ्दै प्रतितोला एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top