ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य घट्यो

नेपालगाथा २०७९ चैत्र १६ गते बिहीबार ११:५४:५१ मा प्रकाशित

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ सयले घटेर प्रतितोला १ लाख ८ हजार २०० कायम भएको छ। अघिल्लो कारोबार दिन बुधबार सुन ५०० ले बढेर तोलाको १  लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। आज तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ७०० रुपैयाँ  तोकिएको छ।

सुनको मूल्य घटेपनि चाँदी मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top