ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य फेरि बढ्यो

नेपालगाथा २०७९ चैत्र १५ गते बुधबार ११:४८:१५ मा प्रकाशित

काठमाडौं । सुनको मूल्य फेरि उकालो लागेको छ। आज सुनको भाउ ५ सय रुपैयाँले बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुन ५ सय रुपैयाँले बढेर तोलाको १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुन १ लाख ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन १ हजारले घटेर तोलाको १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। आज चाँदी प्रतितोला १ हजार ३६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

मंगलबार चाँदी १ हजार ३५५ रुपैयाँमा कारोबार भएको  थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top