ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य घट्यो

नेपालगाथा २०७९ चैत्र १४ गते मंगलबार ११:४७:५७ मा प्रकाशित

काठमाडौं । सुनचाँदी बजारमा आज मंगलबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजारले घटेको छ ।

सोमबार प्रतितोला एक लाख नौ हजारमा कारोबार भएको सुनको मूल्य आज एक लाख आठ हजार तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख सात हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख आठ हजार पाँच सय थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार तीन सय ५५मा आएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top