ट्रेण्डिङ

होमपेज / अर्थ

सुनचाँदीको मूल्य घट्यो

नेपालगाथा २०७९ चैत्र १३ गते सोमबार १२:५७:२६ मा प्रकाशित

काठमाडौं । छापावाल सुनको मूल्य १  लाख ९ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला  १ लाख ९ हजार २ सयमा कारोबार भएको सुन आज प्रतितोला २ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५ सय कायम भएको छ।

यसको मूल्य अघिल्लो दिन १ लाख ८ हजार ७ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  १० रुपैयाँले घटेर  १ हजार ३६० मा आएको महासंघले  जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top