ट्रेण्डिङ

होमपेज / अर्थ

घट्यो सुनको मूल्य

नेपालगाथा २०७९ चैत्र १२ गते आइतबार ११:३६:४५ मा प्रकाशित

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै गत साताको शुक्रबारको तुलनामा घटेको जानकारी दिएको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ७०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्य भने बढेको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा १० रुपैयाँले मूल्य बढेको जानकारी दिएको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १३ सय ७० रुपैयाँ कायम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top