ट्रेण्डिङ

होमपेज / अर्थ

१२ सय बढ्यो सुनको मूल्य

नेपालगाथा २०७९ चैत्र ९ गते बिहीबार ११:१८:२८ मा प्रकाशित

काठमाडौं । सुनको मूल्य आज १२ सय रुपैयाँले बढेको  छ। अघिल्लो कारोबार दिन बुधबार दुई हजारले घटेर प्रतितोला सुन १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १२ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ९ हजार रूपैयाँ कायम भएको हो। तेजाबी सुनको मूल्य १ लाख ८ हजार ५०० तोकिएको छ।

सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। यसदिन  चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले  जनाएको छ। बुधबार चाँदी तोलाको १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top