होमपेज / अर्थ
काठमाडौं । सुनको मूल्य आज तोलामा दुई हजार रुपैयाँले घटेको छ। अघिल्लो कारोबार दिन मंगलबार ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई हजारले घटेर तोलाको १ लाख ७ हजार ८ सयमा झरेको छ। तेजावी सुन तोलाको १ लाख ७ हजार ३०० रुपैयाँ कायम भएको छ।
सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर तोलाको १ हजार ३३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।