होमपेज / अर्थ
काठमाडौं । सुनको मूल्य फेरि बढेको छ। आज सुन तोलामा ५ सय रुपैयाँले बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ सय बढेर प्रतितोला १ लाख ९ हजार ८०० कायम भएको छ।
अघिल्लो कारोबार दिन सोमबार सुन ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३०० पुगेको छ। सोमबार तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ तोकेको थियो।
सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। आज चाँदी १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार प्रतितोला चाँदी १ हजार ३३० रुपैयाँमा कारोबार भएको थियो।