ट्रेण्डिङ

होमपेज / अर्थ

७ सयले सुनको मूल्य घट्यो

नेपालगाथा २०७९ चैत्र ६ गते सोमबार ११:५१:५८ मा प्रकाशित

काठमाडौं । सुनको मूल्य आज फेरि घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्‍य ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ३०० रूपैयाँ कायम भएको छ। अघिल्लो दिन आइतबार प्रतितोला सुनको मूल्य १ लाख १० हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको थियो।

तेजावी सुनको मूल्य १ लाख ८ हजार ८०० रुपैयाँ पुगेको छ। आइतबार तेजावी सुन प्रतितोला १ लाख ८ हजार ५०० मा कारोबार भएको थियो।

सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। आज १५ रुपैयाँ घटेर प्रतितोला चाँदीको मूल्य १ हजार ३३०  कायम भएको छ। अघिल्लो कारोबार दिन प्रतितोला चाँदी १ हजार ३४५ रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top