ट्रेण्डिङ

होमपेज / अर्थ

आज १ हजारले बढ्यो सुनको मूल्य

नेपालगाथा २०७९ चैत्र २ गते बिहीबार १२:१२:४३ मा प्रकाशित

काठमाडौं । सुनको मूल्य बिहीबार तोलामा १ हजार रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ हजार रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ७०० पुगेको छ ।

बुधबार प्रतितोला सुन १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। आज तेजावी सुनको मूल्य १ लाख ६ हजार २ सय कायम भएको छ।

सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। आज ५ रुपैयाँले बढेर प्रतितोला चाँदीको मूल्य १ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन र चाँदीको मूल्य तोक्दै  आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top