ट्रेण्डिङ

होमपेज / अर्थ

एकैदिन १६ सयले सुनको मूल्य बढ्यो

नेपालगाथा २०७९ फाल्गुण ३० गते मंगलबार १२:५१:१३ मा प्रकाशित

काठमाडौं ।  सुनको मूल्य प्रतितोला १६ सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार  सुनको मूल्य १६ सय रुपैयाँले वृद्धि भएर प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ पुगेको हो।

यसअघि प्रतितोला सुन आइतबार १७ सय र सोमबार ७ सयले बढेको थियो। आज तेजाबी सुन प्रतितोला १ लाख ५ हजार २०० कायम भएको छ।

यस्तै सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। आज प्रतितोला चाँदी १३ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी  १२ सय ५५ रूपैयाँमा खरिदबिक्री भएको थियो। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top