होमपेज / अर्थ
काठमाडौं । बजारमा सुनको मूल्य सस्तिएको छ। आज सुन प्रतितोला ३०० रुपैयाँले घटेको हो। सुन चाँदी व्यवसायी महासंघका अनुसार ३०० रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख २ हजार ५०० रुपैयाँ कायम गरिएको छ।
तेजावी सुन तोलाको १ लाख २००० रुपैयाँ तोकिएको छ। महासंघअनुसार सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी १० रुपैयाँले घटेर प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।